Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एशियन हाइड्रोपावरको संलग्नतामा मधेश प्रदेशमा दुई सौर्य ऊर्जा आयोजना अघि बढ्दै

एशियन हाइड्रोपावरको संलग्नतामा मधेश प्रदेशमा दुई सौर्य ऊर्जा आयोजना अघि बढ्दै

अर्थ प्लस
एशियन हाइड्रोपावरको संलग्नतामा मधेश प्रदेशमा दुई सौर्य ऊर्जा आयोजना अघि बढ्दै

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत छनोट गरेको एशियन हाइड्रोपावर लिमिटेडको संलग्नतामा दुईवटा ग्रिड–जडित सौर्य ऊर्जा आयोजना अघि बढाइएको छ। प्राधिकरणबाट Letter of Intent (LOI) प्राप्त गरेपछि कम्पनीले आवश्यक प्रक्रिया पूरा गर्दै आयोजना विकासलाई तीव्रता दिएको जनाएको छ।

प्राधिकरणले २०८० चैत २१ मा प्रकाशित बोलपत्रअनुसार सौर्य ऊर्जा आयोजनाका लागि विद्युत खरिद–बिक्री सम्झौता (PPA) गर्न छनोट भएका कम्पनीहरूले Special Purpose Vehicle (SPV) को रूपमा छुट्टै कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो। सोही अनुसार एशियन हाइड्रोपावर लिमिटेड समेत सेयरधनी रहने गरी दुईवटा SPV कम्पनी स्थापना भइसकेका छन्।

  • ढल्केवर–२ सौर्य ऊर्जा आयोजना: Integrated Energy and Industrial Enterprises Pvt. Ltd. द्वारा मधेश प्रदेशको धनुषा जिल्लास्थित मिथिला नगरपालिकामा ३० मेगावाट क्षमताको आयोजना विकास भइरहेको छ।

  • हरिपुर सौर्य ऊर्जा आयोजना: Mithila Solar Energy Pvt. Ltd. द्वारा मधेश प्रदेशकै सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा १० मेगावाट क्षमताको आयोजना अघि बढाइएको छ।

कम्पनीका अनुसार दुवै आयोजनासम्बन्धी नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (PPA) सम्पन्न भइसकेको छ। यी आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत प्रणालीमा थप स्वच्छ तथा नवीकरणीय ऊर्जा योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार