Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिरोका मोटरसाइकलमा पहिलो पटक ‘राडार वेस सेफ्टी फिचर’ प्रयोग गरिँदै

हिरोका मोटरसाइकलमा पहिलो पटक ‘राडार वेस सेफ्टी फिचर’ प्रयोग गरिँदै

अर्थ प्लस
हिरोका मोटरसाइकलमा पहिलो पटक ‘राडार वेस सेफ्टी फिचर’ प्रयोग गरिँदै

काठमाडौं- हिरोले पहिलो पटक मोटरसाइकलमा ‘राडार वेस सेफ्टी फिचर’ प्रयोग गर्ने भएको छ । 

सबैभन्दा ठूलो दुई पाङ्ग्रे साधन निर्माता हिरो मोटोकर्पले उक्र सेफ्टी फिचरको लागि ‘भ्यालियो’ कम्पनीसँग सम्झौता गरेको हो ।

हिरोले भ्यालियोको सहयोगमा मोटरसाइकलका लागि एड्भान्स राइडर एसिस्टेन्स सिस्टम (एआरएएस) तयार पार्ने छ । उक्त सहकार्यले हिरोका इन्ट्री लेभल मोटरसाइकलदेखि प्रिमियम मोटरसाइकलसम्ममा राइडर सुरक्षाको लागि एआरएएस दिने भएको हो ।

हिरो मोटोकर्पका अनुसार भिडा इलेक्ट्रीक स्कुटरमा समेत एआरएएस प्रयोग गरिने छ । हिरोले सम्झौता गरेको भ्यालियो ‘एम राडार’ तथा स्र्माट क्यामेरा टेक्नोलोजी उत्पादक कम्पनी हो ।

एआरएएस सिस्टमले राडार र स्मार्ट क्यामेरा टेक्नोलोजीको प्रयोग गर्नेछ । जसको उद्देश्य सडक दुर्घटना कम गर्नु र राइडरको सवारी अनुभवलाई राम्रो र सुरक्षित बनाउनु रहेको छ । कम्पनीका अनुसार यसको कन्सेप्ट मोडलले अपेक्षा अनुरुप काम गरिरहेको छ ।

यसको प्रयोगपछि चालकको लागि मात्र नभएर पैदल यात्रीको समेत सुरक्षामा सुधार आउने र त्यही अनुसार डिजाइन गरिएको कम्पनीको दाबी छ ।

अहिले चार पाङ्ग्रे सवारी सधानमा ‘एडास’ को प्रयोग सामान्य जस्तै भइसकेको समयमा ‘एआरएएस’ले दुई पाङ्ग्रेको सुरक्षामा ठूलै फड्को मार्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार