Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

अर्थ प्लस
घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३ र डिजेलरर मट्टितेल प्रतिलिटर रु १ ले घटाइएको हो । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको हो । 

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ । तराईका विभिन्न डिपो क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १५३ रुपैयाँ ५० पैसा र डिजेल १३३ रुपैयाँ ५० पैसामा उपलब्ध हुने भएको छ ।

 

petrol_a4KEbb008h.jpg

सम्बन्धित समाचार