Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

डेभिल्सद्वारा टी-२० विश्वकपलक्षित 'डेभिल्स खाऊँ, मुम्बई जाऊँ' अभियान सार्वजनिक

डेभिल्सद्वारा टी-२० विश्वकपलक्षित 'डेभिल्स खाऊँ, मुम्बई जाऊँ' अभियान सार्वजनिक

अर्थ प्लस
डेभिल्सद्वारा टी-२० विश्वकपलक्षित 'डेभिल्स खाऊँ, मुम्बई जाऊँ' अभियान सार्वजनिक

काठमाडौं- नेपाली क्रिकेटले टी-२० विश्वकपमा ऐतिहासिक डेब्यु गर्न लागेको अवसरलाई विशेष बनाउँदै डेभिल्सले “डेभिल्स खाउँ, मुम्बई जाउँ” अभियान सार्वजनिक गरेको छ।

यस अभियानमार्फत एक जना भाग्यशाली विजेताले भारतको मुम्बईस्थित विश्वप्रसिद्ध वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।

विश्व क्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक मानिने वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु खेल हेर्ने अवसर प्रदान गर्दै डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

“डेभिल्स खाउँ, मुम्बई जाउँ” अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ। अभियानमा सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीहरूलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ।

अभियानअन्तर्गतको पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियम आउजाउका सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ।

अभियानबारे प्रतिक्रिया दिँदै एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण भएको उल्लेख गरे। उनले भने, “‘डेभिल्स खाउँ, मुम्बई जाउँ’ अभियानमार्फत हामी यो उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौं। क्रिकेटले लाखौं मानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो।”

यस अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले सिर्जना गर्ने उत्साह, एकता र भावनालाई अझ मजबुत बनाएको छ।

सम्बन्धित समाचार