Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

विकास बैंकहरुको नाफा ३२% ले बढ्यो, लाभांश क्षमतामा मिश्रित अवस्था

विकास बैंकहरुको नाफा ३२% ले बढ्यो, लाभांश क्षमतामा मिश्रित अवस्था

अर्थ प्लस
विकास बैंकहरुको नाफा ३२% ले बढ्यो, लाभांश क्षमतामा मिश्रित अवस्था

काठमाण्डौ । चालु आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुको वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ। सञ्चालनमा रहेका १६ विकास बैंकमध्ये सप्तकोशी डेभलपमेन्ट बैंक बाहेक १५ बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन्।

यी १५ विकास बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ४० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत आवको सोही अवधिको २ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ नाफाभन्दा ३१.८४ प्रतिशतले बढी हो। नाफा वृद्धिमा खुद ब्याज आम्दानीको सुधार, खराब कर्जा (एनपीएल) नियन्त्रण र नेपाल राष्ट्र बैंकको कर्जा पुनर्संरचना व्यवस्थाले टेवा पुर्‍याएको छ।

समीक्षा अवधिसम्म सालपा, सिन्धु र नारायणी विकास बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा रहेका छन्। नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहँदै ६७ करोड २० लाख रुपैयाँ कमाएको छ, जुन गत आवको तुलनामा ३३.५७ प्रतिशत वृद्धि हो। गरिमा विकास बैंकले ६३ करोड ५१ लाख (१५.६३% वृद्धि) र शाइन रेसुङ्गाले ४० करोड ४२ लाख नाफा कमाएका छन्।

यस अवधिसम्म ६ विकास बैंकले एनपीएल घटाउन सफल भएका छन्। सबैभन्दा बढी एनपीएल नारायणी विकास बैंकको ५७.४८ प्रतिशत रहेको छ भने सबैभन्दा कम मितेरी विकास बैंकको १.२३ प्रतिशत छ।

लाभांश क्षमतामा भने मिश्रित अवस्था देखिएको छ। १० विकास बैंक लाभांश दिन सक्ने अवस्थामा छन् भने ५ बैंक ऋणात्मक अवस्थामा रहेकाले लाभांश वितरण गर्न नसक्ने देखिन्छ। सबैभन्दा बढी लाभांश क्षमता कामना सेवा विकास बैंकको १५.३२ प्रतिशत रहेको छ।

 

सम्बन्धित समाचार