Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एप्पलको इतिहासकै उच्च त्रैमासिक आम्दानी

एप्पलको इतिहासकै उच्च त्रैमासिक आम्दानी

अर्थ प्लस
एप्पलको इतिहासकै उच्च त्रैमासिक आम्दानी

काठमाण्डौ । विश्वप्रसिद्ध टेक कम्पनी एप्पलले आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासमा १४३.८ बिलियन डलर आम्दानी गर्दै इतिहासकै उच्च त्रैमासिक नतिजा सार्वजनिक गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।

आईफोन बिक्रीमा २३ प्रतिशतको वृद्धि भई ८५.३ बिलियन डलर पुगेको छ, जसले कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको छ । हाल विश्वभर एप्पलका २५० करोडभन्दा बढी सक्रिय डिभाइस रहेका छन् ।

चिनियाँ बजारमा कम्पनीको आम्दानी ३८ प्रतिशतले बढेको छ । सीईओ टिम कुकले यो त्रैमासलाई चीनमा एप्पलको हालसम्मकै उत्कृष्ट प्रदर्शन भएको भन्दै आईफोन शीर्ष तीन स्मार्टफोन ब्राण्डमध्ये एक बन्न सफल भएको बताए ।

यद्यपि, ३–नानोमिटर चिप उत्पादन अभाव र मेमोरी चिप्सको बढ्दो मूल्यका कारण आगामी त्रैमासमा कम्पनीको नाफामा दबाब पर्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार