Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

एनआईसी एशिया बैंकले ल्यायो प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना

एनआईसी एशिया बैंकले ल्यायो प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना

अर्थ प्लस
एनआईसी एशिया बैंकले ल्यायो प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना

काठमाडौं- एनआईसी एशिया बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने गोल्ड लोन योजना सार्वजनिक गरेको छ । 

योजना अन्तर्गत ग्राहकले ५० लाखसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्। औषत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

यस योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ । ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने र कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने उद्देश्यले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ ।

सम्बन्धित समाचार