काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा नेपालको कूल विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ पुस मसान्तमा ३६.२ प्रतिशतले वृद्धि भई ३५ खर्ब ८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।
