Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मेची भन्सारद्वारा सात महिनामा करिब १० अर्ब राजस्व संकलन

मेची भन्सारद्वारा सात महिनामा करिब १० अर्ब राजस्व संकलन

अर्थ प्लस
मेची भन्सारद्वारा सात महिनामा करिब १० अर्ब राजस्व संकलन

काठमाडौं- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ । 

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार संकलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार संकलन भएको छ । यो उक्त माघका लागि निर्धारित  लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

सम्बन्धित समाचार