Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

‘इन्ड्राइभ’ आजदेखि नेपालमा औपचारिक रुपले सञ्चालन, राइडरले १० प्रतिशत कमिसन तिर्नुपर्ने

‘इन्ड्राइभ’ आजदेखि नेपालमा औपचारिक रुपले सञ्चालन, राइडरले १० प्रतिशत कमिसन तिर्नुपर्ने

अर्थ प्लस
‘इन्ड्राइभ’ आजदेखि नेपालमा औपचारिक रुपले सञ्चालन, राइडरले १० प्रतिशत कमिसन तिर्नुपर्ने

काठमाडौं, वैशाख २४ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ। नेपालमा चालक र यात्रु दुबैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०प्रतिशत सम्म कमिशन शुल्क लागू गरेको छ।

पिपुल–टु– पिपुल मोडेल र ह्युमन डिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्‌दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ । यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ ।

इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि ऑफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु रहेको बताइन् । उनले भनिन् ‘इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौं ।’

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भने, ‘नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहांको राइड हेलिड उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रा प्रयोगकर्ताहरूलाई निर्वाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्टनरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौं ।’

कम्पनीको कार्यालय हात्तिसार काठमाडौँमा रहनेछ ।

मुख्य विशेषताहरुः

आफ्नै भाडा प्रस्ताव गर्न सकिने – आफ्नी प्रस्ताव स्वीकार गर्ने चालक पाउन सकिने या चालकको प्रस्ताव आफुले स्वीकार गर्न सकिने

चालक छनोट गर्न सकिने – चालकको रेटिङ र उनीहरूले कतिवटा राइड गरिसकेका छन् भन्ने कुरा हेर्न सकिने

आफ्नो रोजाइमा सुरक्षित हुन सकिने -इन्ड्राइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हुनुपर्ने

सुरक्षा अपडेटः

यात्रु र चालक दुबैले एक अर्काको रेटिङ र तिनीहरूले पहिले गरेका यात्रा संख्याको आधारमा आफू कोसँग यात्रा गर्ने भनेर छनौट गर्न सकिने

सवारीको समयमा एपमा लाइभ राइड विवरण शेयर गर्न मिल्ने र सेभ अवर सोल्स । (एस्ओएस्) बटनको सुविधा

अप्रत्याशित परिस्थितिमा प्रयोगकर्ताहरूलाई छिटो सहयोग लिन सकिने र स्थितिको चाँडे समाधान गर्न कर्मचारीहरुसँग काम गर्न सकिने सुविधा

सम्बन्धित समाचार