काठमाडौँ / प्रभु बैंक लिमिटेडले ‘Smart Money Talks’ नारासहित ग्लोबल मनि विक २०२६ अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत बैंकको बौद्ध शाखाले एकदिने ‘Accounting for Growth’ कार्यक्रम आयोजना गरेको छ।
बौद्धस्थित होटल अनुत्तरा मा आयोजित कार्यक्रममा सूक्ष्म, साना तथा मझौला उद्यम सञ्चालन गरिरहेका ४७ जना व्यवसायीको सहभागिता रहेको थियो।
कार्यक्रममा व्यवसायीहरूलाई वित्तीय सेवा लिँदा आवश्यक प्रक्रिया, कागजात तथा वित्तीय संस्थाबाट ऋण लिन आवश्यक योग्यताबारे विस्तृत जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यस्ता कार्यक्रममार्फत व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने, व्यवसाय विस्तारमा सहयोग गर्ने र वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
प्रभु बैंकले हाल देशभर ३१२ शाखा, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने नारासहित बैंकले गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै अघि बढिरहेको जनाएको छ।
