Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

होटल इच्छा अब लेमन ट्री अन्तर्राष्ट्रिय ब्रान्डमा सञ्चालन हुने

होटल इच्छा अब लेमन ट्री अन्तर्राष्ट्रिय ब्रान्डमा सञ्चालन हुने

अर्थ प्लस
होटल इच्छा अब लेमन ट्री अन्तर्राष्ट्रिय ब्रान्डमा सञ्चालन हुने

काठमाडौं- बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्रीको व्यवस्थापनमा सञ्चालन हुने भएको छ।

दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डअन्तर्गत सञ्चालनमा आउनेछ। यसअघि लेमन ट्रीले काठमाडौं र चितवनमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने विराटनगरको भृकुटी चोकमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारीसमेत गरिरहेको छ, जसको उद्घाटन वैशाख महिनामा गर्ने योजना रहेको जनाइएको छ। सम्झौतामा होटल इच्छाका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेलको पनि उपस्थिति रहेको थियो। यस सहकार्यले बारा–सिमरा क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ भने अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशसँगै सेवा र व्यवस्थापनको स्तर अझ सुधार हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार