Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

अर्थमन्त्री र नाडा व्यवसायीहरूबीच नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल

अर्थमन्त्री र नाडा व्यवसायीहरूबीच नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल

अर्थ प्लस
अर्थमन्त्री  र  नाडा व्यवसायीहरूबीच नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले राजस्व सङ्कलनमा वृद्धि हुनेगरी कर दर घटान चाहेको बताएका छन् । मन्त्री वाग्लेले नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिसँग छलफलको क्रममा यस्तो बताएका हुन् । सोमबार भएको भेटमा अर्थमन्त्री वाग्ले र व्यवसायीहरूबीच नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल भएको हो ।

छलफलका क्रममा अध्यक्ष उप्रेतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथि उठाउन वर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरू आउने अपेक्षा रहेको बताउँदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि बृद्धि हुने र रोजगारी पनि  बढने बताए । 

सोही क्रममा मन्त्री वाग्लेले सरकार राजश्व सङ्कलन कसरी बृद्धि गर्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा बृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै नीजि क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिए । 

यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासंग पुनः छलफल गर्ने बताए । 

त्यस्तै, अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरूमा छुट दिनु पर्ने आवश्यकता रहेको भन्दै बर्तमान अवस्थामा सि.के.डीलाई सजिलो भए पनि उद्योगहरूलाई भने कठिनाइ भइरहेको बताए । 

टायर टयूव व्याट्री, लुविकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोवाइल बस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग नभएकोले व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको अध्यक्ष उप्रेतीको भनाइ छ । 

सरकारले अटोमोवाइल बस्तुहरूको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनुपर्ने उनको धारणा छ । 
भेटघाटको क्रममा अध्यक्ष उपे्रतीले नाडाकोतर्फबाट ३६ बुँदे लिखित राय सुझावहरू समेत पेस गरे । 
त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनण्ट उद्योगहरूको ठूलो सम्भावना रहेकोे बताए । 

सोही क्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरूको खाँचो रहेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरूको सम्बद्र्धन र प्रवद्र्धनका लागि आवश्यक नीतिहरूको बारेमा चर्चा गर्नु भयो । 
यसैगरी, श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखे । 
त्यस्तै, नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरूलाई प्रत्सय दिनु पर्ने बताए । 

उक्त छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति थियो । 

सम्बन्धित समाचार