Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सीएफ मोटोका स्पेयर पार्ट्स अब देशभर सुलभ मूल्यमा उपलब्ध

सीएफ मोटोका स्पेयर पार्ट्स अब देशभर सुलभ मूल्यमा उपलब्ध

अर्थ प्लस
सीएफ मोटोका स्पेयर पार्ट्स अब देशभर सुलभ मूल्यमा उपलब्ध

काठमाडौं । सीएफ मोटो नेपालले देशका विभिन्न प्रमुख सहरमा आफ्ना जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ ।

यस पहलले देशभरका सीएफ मोटो प्रयोगकर्तालाई सहज पहुँच, भरपर्दो सेवा र सस्तो मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

प्रिमियम मोटरसाइकल क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेको सीएफ मोटोले काठमाडौं उपत्यकाभित्र तथा बाहिर दुवै क्षेत्रमा स्पेयर पार्ट्सको सहज उपलब्धता सुनिश्चित गर्दै आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको छ ।

कम्पनीले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सुधारको दिशामा अघि बढिरहेको जनाएको छ ।

साथै, स्पेयर पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सीएफ मोटो ग्लोबलद्वारा सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

देशका प्रमुख सहरहरूमा उपलब्धता विस्तारसँगै अब ग्राहकहरूले बिर्तामोड, इटहरी, हेटौँडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्जमा समेत सीएफ मोटोका जेनुइन स्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र कालोपुलस्थित सीएफ मोटो सेवा केन्द्र, बुद्धनगरस्थित काठमाडौं अटो क्लिनिक तथा सल्लाघारीस्थित राइडर्स ग्रुपमार्फत पनि स्पेयर पार्ट्स उपलब्ध छन् ।

यस विस्तारले जेनुइन तथा उच्च गुणस्तरका स्पेयर पार्ट्स, पारदर्शी तथा प्रतिस्पर्धी मूल्य निर्धारण, छिटो तथा प्रभावकारी सेवा र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । देशभर स्पेयर पार्ट्सको उपलब्धता विस्तार गरेर ग्राहकहरूको समय बचत गर्ने र मर्मत सेवा अझ सहज बनाउने लक्ष्य कम्पनीले राखेको छ ।

हालै सम्पन्न सीएफ मोटो २५० डुअल ईएफआई सार्वजनिक कार्यक्रममा कम्पनीका एक प्रतिनिधिले नेपालभरका प्रयोगकर्तालाई सहज, भरपर्दो र किफायती बिक्रीपछिको सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य रहेको उल्लेख गर्दै स्पेयर पार्ट्सको उपलब्धता विस्तार गर्नु ‘ग्राहक पहिलो’ रणनीतिको महत्वपूर्ण कदम भएको बताएका छन् ।

सीएफ मोटो अन्तर्राष्ट्रियस्तरमा परिचित मोटरसाइकल निर्माता कम्पनी हो, जसले उन्नत प्रविधि, उत्कृष्ट कार्यसम्पादन र प्रिमियम डिजाइनका लागि पहिचान बनाएको छ । नेपालमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गर्दै कम्पनीले उत्पादन नवप्रवर्तन र सेवा उत्कृष्टतामा निरन्तर लगानी गर्दै आएको छ ।

सम्बन्धित समाचार