Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्रवासी सवार डुंगा हिन्द महासागरमा दुर्घटनाः २५० जना बेपत्ता

प्रवासी सवार डुंगा हिन्द महासागरमा दुर्घटनाः २५० जना बेपत्ता

अर्थ प्लस
प्रवासी सवार डुंगा हिन्द महासागरमा दुर्घटनाः २५० जना बेपत्ता

काठमाडौं ।  बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् ।संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् ।

बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो ।तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिसहरू सवार रहेका कारण डुंगा समुद्रमा डुबेको समाचारमा उल्लेख छ ।

बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई ९ अप्रिलमा उनीहरूको एक जहाजले डुंगा दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो ।उक्त डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे स्पष्ट नभएको बीबीसीमा उल्लेख छ । रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा भएको हिंस्रक अभियानपछि उनीहरू ठूलो संख्यामा बंगलादेश भागेका थिए ।

बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्या मुसलमानलाई नागरिकता दिइँदैन । बांगलादेशको खराब अवस्थाका कारण कयौं रोहिङ्ग्या जोखिमयुक्त समुद्री यात्रा गरेर मलेशिया जाने गरेका छन् ।बंगलादेश कोस्ट गार्डको जहाजले उद्दार गरेका मध्येका एक रफिकुल इस्लामले उद्दार हुनुअघि आफूले झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन् । मलेशियामा नोकरी मिल्ने भनिएपछि आफूले जोखिमयुक्त यात्रा गरेको ४० वर्षीय इस्लामको भनाइ छ ।

सम्बन्धित समाचार