Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्ममा आकर्षक सुविधा

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्ममा आकर्षक सुविधा

अर्थ प्लस
चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्ममा आकर्षक सुविधा

काठमाडौँ / फाेटाेन नेपालका आधिकारिक वितरक एमएडब्ल्यू कमर्सयल भेहिकल प्रा.लि.ले चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफरसहित सहभागिता जनाउने भएको छ।

वैशाख १७ देखि २१ गतेसम्म चितवन एक्सपाे सेन्टरमा आयोजना हुने CADA Chitwan Auto Show 2026 मा कम्पनी हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा उपस्थित हुनेछ।

कम्पनीले यस वर्ष ईभी भ्यान, टिएमवान र पिकअप सेग्मेन्टमा इभेन्ट-विशेष अफर ल्याउँदै शोको प्रमुख आकर्षण बन्ने लक्ष्य राखेको छ। स्टलमा आउने आगन्तुकहरूले फोटोनका विभिन्न मोडलहरू अवलोकन गर्न पाउनेछन्।

ईभी सेग्मेन्टअन्तर्गत फोटोन हाई रूफ ईभी भ्यान (रु. ५३,४९,०००) र लो रूफ ईभी भ्यान (रु. ४८,४९,०००) मा फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछन्। त्यस्तै, सोकोन ईभी भ्यान (रु. ३९,९९,०००) मा पनि यिनै सुविधाहरू समावेश छन्। यी मोडलहरूमा थप नगद छुट भने कार्यक्रम स्थलमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

बहुउपयोगी सवारी खोज्ने ग्राहकका लागि फोटोन टिएमवान (रु. २८,४९,०००) मा आकर्षक नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछ। त्यस्तै, फोटोन पिकअप खरिद गर्दा पहिलो वर्ष शून्य प्रतिशत ब्याजदरको सुविधा र अन्य उपहारहरू प्रदान गरिनेछ, जसले व्यवसायी र उद्यमीहरूलाई राहत दिने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार ग्राहकहरूले १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी अफ्टर-सेल्स सर्भिस आउटलेट, जेन्युइन स्पेयर पार्ट्स, लचिलो फाइनान्सिङ सुविधा तथा देशव्यापी नेटवर्कबाट लाभ लिन सक्नेछन्।

फोटोन नेपालले चितवन तथा आसपासका व्यवसायी, परिवार र कमर्शियल ग्राहकहरूलाई स्टलमा आएर विशेष अफरबारे जानकारी लिन आग्रह गरेको छ। चीनको अग्रणी कमर्शियल भेहिकल ब्रान्डका रूपमा फोटोनले भविष्य-उन्मुख मोबिलिटी समाधान प्रस्तुत गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित समाचार