काठमाडौँ / एमएडब्लू ग्रुपले चितवन अटो शो २०२६ (CADA) मा १०० भन्दा बढी बुकिङ प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ । भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजित कार्यक्रममा समूहअन्तर्गतका विभिन्न अटोमोबाइल ब्रान्डप्रति ग्राहकको उच्च आकर्षण देखिएको हो ।
कम्पनीका अनुसार यो उपलब्धि कुनै एक ब्रान्डको मात्र नभई एमएडब्लू ग्रुपअन्तर्गत रहेका विविध अटोमोबाइल ब्रान्ड तथा मोबिलिटी समाधानहरूको संयुक्त सफलताको परिणाम हो । व्यक्तिगत सवारीसाधनदेखि व्यावसायिक यातायातसम्मका सेवाहरू एउटै छातामुनि प्रस्तुत गर्दै समूहले ग्राहकका फरक–फरक आवश्यकता पूरा गर्ने क्षमता प्रदर्शन गरेको जनाएको छ ।
अटो शोमा विशेषगरी फोटोन मोटर्सका लागि ल्याइएका आकर्षक अफरहरू ग्राहकको आकर्षणको केन्द्र बनेका थिए । खरिदकर्तालाई फ्यामिली रिट्रिट प्याकेज, ५५ इन्च टेलिभिजन, रेफरल बोनस, गिफ्ट ह्याम्पर तथा विशेष नगद छुट प्रदान गरिएको थियो ।
कार्यक्रममा फोटोन मोटर्सले ‘कमर्सियल भेहिकल’ सेग्मेन्ट अन्तर्गत ‘बेस्ट एक्जिबिटर’ अवार्डसमेत प्राप्त गरेको छ । कम्पनीका अनुसार उक्त सम्मानले व्यावसायिक मोबिलिटी क्षेत्रमा ब्रान्डको प्रभावशाली उपस्थिति र नेतृत्वलाई थप स्थापित गरेको छ ।
यस सफलतामा एमएडब्लू वृद्धि कमर्सियलले रणनीतिक रूपमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ । समूहगत समन्वय र प्रभावकारी सहभागिताले अटो शोमा एमएडब्लूको उपस्थिति थप बलियो बनेको उल्लेख गरिएको छ ।
कम्पनीले CADA 2026 मा विश्वासका साथ बुकिङ गर्ने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै १०० भन्दा बढी बुकिङले ग्राहकको सवारीसाधनप्रतिको रुचिसँगै बिक्रीपछिको सेवा, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धताप्रतिको भरोसा पनि झल्काएको जनाएको छ
