Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको ‘डिल’

टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको ‘डिल’

अर्थ प्लस
टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको ‘डिल’

काठमाडौँ / टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस मा Upgrade हान्नेलाई अचम्मैको Deal’ नामक सात दिने विशेष अटोमोटिभ इभेन्ट आयोजना गर्ने भएको छ । इभेन्ट जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार नेपालभरका ग्राहकलाई नयाँ TVS दुईपांग्रे सवारीसाधन खरिदलाई अझ सहज र लाभदायी बनाउने उद्देश्यले इभेन्ट आयोजना गर्न लागिएको हो ।

जगदम्बा मोटर्सले यो वर्षको नेपालकै सबैभन्दा ठूलो टीभीएस दुईपांग्रे इभेन्टका रूपमा कार्निभललाई प्रस्तुत गरेको जनाएको छ । कार्यक्रममा ग्राहक, मोटरसाइकल तथा स्कुटरप्रेमी र उद्योगसँग सम्बन्धित सरोकारवालाहरूलाई एउटै छानामुनि ल्याइने कम्पनीको भनाइ छ ।

कार्निभलमा आगन्तुकहरूले टीभीएस मोटरसाइकल र स्कुटरहरूको सम्पूर्ण रेन्ज अवलोकन गर्न सक्नेछन्। साथै विशेष एक्सचेन्ज र फाइनान्स अफरहरूको लाभ लिन सकिने कम्पनीले जनाएको छ । कार्यक्रममा नयाँ उत्पादन अनावरण, लाइभ मनोरञ्जन तथा विभिन्न कार्निभल गतिविधिहरू पनि समावेश गरिनेछ ।

इभेन्टमा सहभागी ग्राहकहरूले ‘Achammai ko valuation’ अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । त्यस्तै दैनिक १३९ रुपैयाँबाट सुरु हुने EMI सुविधा, छनोट गरिएका टीभीएस मोडलमा नगद छुट, नागरिकता र लाइसेन्सकै आधारमा ‘Fatafat Finance’ मार्फत छिटो ऋण स्वीकृति, नयाँ सवारी खरिदमा निःशुल्क एक्सेसरिज तथा सबै मोडलमा Lifetime Warranty को सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कार्निभलको मुख्य आकर्षणका रूपमा एक्सचेन्ज कार्यक्रम रहने बताइएको छ। ग्राहकहरूले पुराना बाइक वा स्कुटर ल्याएर मूल्य अभिवृद्धि लाभसहित नयाँ टीभीएस दुईपांग्रे सवारीसँग साट्न सक्नेछन् ।

व्यावसायिक अफरका अतिरिक्त कार्यक्रममा Gymkhana riding competition, Test Ride zone, Game Zone तथा Food Stalls समेत रहनेछन् ।

सम्बन्धित समाचार