Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

टिभिएस रोनिनका नेपालमा दुई नयाँ भेरियन्ट (Monotone)-(Agonda) सार्वजनिक

टिभिएस रोनिनका नेपालमा दुई नयाँ भेरियन्ट (Monotone)-(Agonda) सार्वजनिक

अर्थ प्लस
टिभिएस रोनिनका नेपालमा दुई नयाँ भेरियन्ट (Monotone)-(Agonda) सार्वजनिक

काठमाडौँ / दुई तथा तीन पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस रोनिनका दुई नयाँ भेरियन्ट– रोनिन मोनोटोन र रोनिन एगोन्डा सार्वजनिक गरेको छ।

कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत शुक्रबार काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष सांगीतिक कार्यक्रममा नयाँ भेरियन्टहरू अनावरण गरिएको हो।

कम्पनीका अनुसार टिभिएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध हुनेछ। यसको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ (एक्स–शोरुम) निर्धारण गरिएको छ। त्यस्तै, पर्ल ह्वाइट रङमा उपलब्ध टिभिएस रोनिन एगोन्डाको मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ (एक्स–शोरुम) तोकिएको छ।

टिभिएसले रोनिन लाइनअपमार्फत आधुनिक रेट्रो डिजाइन र प्रिमियम क्रुजिङ अनुभवलाई लक्षित गर्दै नेपाली युवा राइडरहरूका लागि आफ्नो मोटरसाइकल पोर्टफोलियो विस्तार गरेको जनाएको छ।

कम्पनीका अनुसार रोनिन एगोन्डा भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बीचबाट प्रेरित भेरियन्ट हो। चम्किलो सेतो रङ, फ्युल ट्याङ्कीमा निलो तथा रातो रेट्रो पिनस्ट्राइप, विशेष कालो टिभिएस स्टालियन लोगो र एलईडी टी–फेस हेडल्याम्पले यसलाई आकर्षक बनाएको कम्पनीको दाबी छ।

नयाँ टिभिएस रोनिनमा २२५.९ सीसीको इन्जिन प्रयोग गरिएको छ, जसले ७,७५० आरपीएममा २०.४ पीएस पावर तथा ३,७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्छ। मोटरसाइकलमा ग्लाइड थ्रु टेक्नोलोजी, असिस्ट एन्ड स्लिपर क्लच तथा ४१ एमएम अपसाइड–डाउन फ्रन्ट फोर्क जस्ता फिचर समावेश गरिएको छ।

कम्पनीले टिभिएस रोनिनलाई ‘#Unscripted’ मोटरसाइकलिङ अवधारणामा आधारित उत्पादनका रूपमा प्रस्तुत गर्दै शैली, व्यक्तित्व र आधुनिक क्रुजिङ अनुभवको संयोजन प्रदान गर्ने जनाएको छ।

सम्बन्धित समाचार