Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

टीभीएस जुपिटर किन्दा अब ९ महिना पेट्रोल फ्री, ६० KMPL माइलेज, र कम इएमआई

टीभीएस जुपिटर किन्दा अब ९ महिना पेट्रोल फ्री, ६० KMPL माइलेज, र कम इएमआई

अर्थ प्लस
टीभीएस जुपिटर किन्दा अब ९ महिना पेट्रोल फ्री, ६० KMPL माइलेज, र कम इएमआई

काठमाडौँ / नेपाल- नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले All New TVS Jupiter BS-VI का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ । दैनिक यात्रामा पेट्रोल खर्च ठूलो चिन्ताको विषय बनिरहेको अवस्थामा, यो अभियानले TVS Jupiter लाई सहज, किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ ।
“Petrolko Tension? अब TVS Jupiter Solution” भन्ने मुख्य सन्देशसहित ल्याइएको यस अभियानले TVS Jupiter खरिद गर्दा प्राप्त हुने ९ महिनासम्म निःशुल्क पेट्रोल* को आकर्षक सुविधालाई प्रमुख रूपमा उजागर गरेको छ । 

साथै, TVS Jupiter को 60 KMPL tested mileage* ले दैनिक यात्रामा किफायती र भरपर्दो अनुभव प्रदान गर्छ। उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव र आधुनिक डिजाइनका कारण TVS Jupiter दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा स्थापित हुँदै आएको छ । यस अभियानले ग्राहकको सहज स्वामित्वलाई ध्यानमा राख्दै EMI मात्र रु. २,८९९ प्रति महिनादेखि* सुरु हुने आकर्षक वित्तीय सुविधा पनि उपलब्ध गराएको छ ।     

अभियानबारे बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष श्री दीपक रौनियारले भने, “जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक, भरपर्दो र मूल्यवान मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ । अहिलेको समयमा पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनेको छ । यस्तो अवस्थामा TVS Jupiter ले आफ्नो उत्कृष्ट माइलेज, आरामदायी अनुभव र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई अझ बढी राहत र विश्वास दिन सक्छ ।

यही सोचका साथ यो अभियान ल्याइएको हो ।” TVS Jupiter BS-VI आधुनिक नेपाली परिवार, कार्यालय जाने यात्रु तथा दैनिक कम्युटरहरूका लागि उपयुक्त स्कुटर हो । यसको किफायती माइलेज, सहज चलाउने अनुभव, स्टाइलिस लुक्स, ग्राहकका लागि ल्याइएको विशेष अफर र लाइफटाइम वारेन्टीले TVS Jupiter लाई दैनिक यात्राको भरपर्दो साथीका रूपमा थप बलियो बनाउने विश्वास गरिएको छ ।
यो अफर नेपालभरका आधिकारिक TVS शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

सम्बन्धित समाचार