Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

याडियाको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ६० हजार रुपैयाँ

याडियाको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ६० हजार रुपैयाँ

अर्थ प्लस
याडियाको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ६० हजार रुपैयाँ

काठमाडौं- विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले विशेष ‘किनेस एक्सपेरियन्स’ कार्यक्रम योजना गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो।

दैनिक आवतजावतका लागि मात्र प्रयोग हुने परम्परागत इलेक्ट्रिक स्कुटर तथा बाइकभन्दा फरक रूपमा किनेसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधि र प्रिमियम अनुभव खोज्ने नेपाली राइडरलाई लक्षित गर्दै यो मोटरसाइकल बजारमा ल्याइएको हो।

किनेसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ। उक्त मोटरले ३०० एनएमसम्म टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। मोटरसाइकलले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ३ सेकेन्डमा लिन सक्ने तथा यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ।

whatsapp-image-2026-06-22-at-2.32.13-pm_SAGPz1PPYh.jpg
undefined

नेपालका उकालो तथा चुनौतीपूर्ण सडकलाई ध्यानमा राख्दै किनेसमा २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता दिइएको कम्पनीले जनाएको छ। यसमा ४.६ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

ब्याट्रीको सुरक्षा र दीर्घकालीन प्रयोगका लागि ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली अर्थात् बीएमएस जडान गरिएको छ। आधुनिक डिजाइन र प्रविधिका कारण किनेसले प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ।

नेपाली बजारमा याडिया किनेसको मूल्य ६ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ। उत्कृष्ट प्रदर्शन, शक्तिशाली मोटर र नयाँ प्रविधि खोज्ने ग्राहकका लागि किनेस बलियो विकल्प बन्ने कम्पनीको विश्वास छ।

सन् २००९ मा स्थापना भएको याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे निर्माता कम्पनी रहँदै आएको कम्पनीको दाबी छ। कम्पनीको बिक्री नेटवर्क १५० भन्दा बढी देशमा फैलिएको छ। नयाँ प्रिमियम मोटरसाइकल सार्वजनिकसँगै याडियाले नेपालको ईभी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने लक्ष्य लिएको जनाएको छ।

 

 

सम्बन्धित समाचार