Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी आगामी बजेट आउँछ : अर्थसचिव

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी आगामी बजेट आउँछ : अर्थसचिव

अर्थ प्लस
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी आगामी बजेट आउँछ : अर्थसचिव

काठमाडौं, जेठ ३ । अर्थसचिव मधुकुमार मरासिनीले आगामी बजेटको प्रमुख प्राथमिकता शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् ।

 काठमाडौंमा बिहीबारआयोजित प्रि–बजेट छलफलमा बोल्दै अर्थसचिव मरासिनीले यस्तो बताएका हुन् । उनले आन्तरिक अर्थतन्त्रलाई सुधार गर्नुपनि सरकारको उत्तिकै दायित्व रहेको बताए ।

 विगतमा वाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भएपनि अहिले वाह्य अर्थतन्त्र सकारात्मक भएको भन्दै आन्तरिक अर्थतन्त्रमा सुधारको आवश्यकता देखिएको जानकारी दिए ।

साथै उनले सरकारसँग विदेशी मुद्रा सञ्चिति मात्रै १२ महिनाभन्दा बढी आयात र निर्यात गर्नसक्ने क्षमता रहेको बताए । अर्थसचिव मरासिनीले बजेट र मौद्रिक नीति अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्नसक्ने गरी आउने दाबी गरे ।

सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने पनि उनले बताए ।

जलविद्युतमा निजी क्षेत्र प्रवेशसँगै उत्पादनमा फड्को मारेको भन्दै उनले अब वितरण र निर्यातमा पनि फड्को मार्नसक्ने वातावरण सरकारले बनाउने बताए ।  जलविद्युत नेपालको तुलनात्मक लाभको क्षेत्र भएकाले हरित अर्थतन्त्रको रुपमा विकसित गरी बजेट तर्जुमा गरिने जानकारी दिए ।

सम्बन्धित समाचार