Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

चुच्चे नक्सासहित यस्तो बन्दैछ एक रुपैयाँको नयाँ सिक्का

चुच्चे नक्सासहित यस्तो बन्दैछ एक रुपैयाँको नयाँ सिक्का

अर्थ प्लस
चुच्चे नक्सासहित यस्तो बन्दैछ एक रुपैयाँको नयाँ सिक्का

काठमाडौं । सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको छ। उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समेटेर नयाँ सिक्का जारी गर्ने तयारी गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि सिक्का छपाइ तथा प्रचलनमा ल्याउने प्रक्रिया अघि बढाइनेछ।

सम्बन्धित समाचार