Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

ब्रोड पिक दुर्घटना : पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो

ब्रोड पिक दुर्घटना : पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो

अर्थ प्लस
ब्रोड पिक दुर्घटना : पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो

काठमाडौं । साउन १४ मा पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को शव बिहीबार साँझ कतार एअरवेजमार्फत नेपाल ल्याइएको छ। उनको शुक्रबार बिहान ९:०० बजे स्वयम्भूमा अन्त्येष्टि गरिने छ ।

घटनापछि उद्धार तथा समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान गएका थिए । उनी युक्ताको शव लिएर फर्किएका छन् ।

युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि बिहीबार नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिनेछ । शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ ।

गुरुङको घर गोरखाको लाप्राक हो । उनी नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कुल कमिटीका सदस्य थिए ।

आरोहणको क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो ।

पुर्जाको परिवार बेलायत भएकाले उनको उतै अन्त्येष्टि गर्ने तयारी छ । बाँकी नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्‍याएपछि ल्याइने छ ।

सम्बन्धित समाचार