Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल हस्तान्तरण

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल हस्तान्तरण

अर्थ प्लस
एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल हस्तान्तरण

काठमाडौँ / एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न गरेको छ । अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित कार्यक्रममा सुनको बल हस्तान्तरण गरिएको हो ।

अभियानका क्रममा प्रमेश केसी, तिप्सिका राणा र सबिना थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो विजेता घोषित भएका थिए । तीनै जना विजेतालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको कम्पनीले जनाएको छ ।

विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो । एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले लक्की ड्रमा सहभागिता जनाएका थिए ।

पुरस्कार ग्रहण गर्दै विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा पनि कम्पनीले यस्तै नवीन, आकर्षक र उपभोक्तामुखी अभियान सञ्चालन गर्ने अपेक्षा व्यक्त गरे ।

यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्र पनि सार्वजनिक गरिएको थियो । उक्त योजनामा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन् ।

कम्पनीले अभियानमा उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियानलाई निरन्तरता दिने जनाएको छ ।

नेपाली बजारमा युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको एक्सट्रिम इनर्जी ड्रिंकले खेलकुद, मनोरञ्जन तथा उपभोक्ता सहभागितामूलक अभियानमार्फत ग्राहकसँगको सम्बन्ध थप सुदृढ गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार