Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

अर्थ प्लस
नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

काठमाडौँ / नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ३०० भन्दा बढी विद्युतीय सवारीसाधनको बुकिङ प्राप्त गरेको जनाएको छ ।

भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको एक्स्पोमा लिपमोटरको स्टलमा उल्लेख्य भीड लागेको थियो । विशेषगरी हालै नेपाली बजारमा सार्वजनिक गरिएको लिपमोटर B03X विद्युतीय एसयूभी अवलोकनकर्ताको प्रमुख आकर्षण बनेको कम्पनीले जनाएको छ ।

B03X मा १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवरको ब्याट्री तथा सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीको दाबी छ । त्यस्तै, ५१० लिटरको बुट स्पेस तथा लेभल–२ एडीएएस सुरक्षा प्रविधि यसका प्रमुख विशेषता हुन् ।

B03X सँगै लिपमोटर B10 ले पनि ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । हालै मूल्य समायोजन हुनुका साथै एक्स्पोका विशेष अफरले B10 प्रतिको ग्राहक आकर्षण थप बढाएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार B03X र B10 प्रति देखिएको उच्च मागले लिपमोटरको स्टललाई एक्स्पोका व्यस्त प्रदर्शनीमध्ये एक बनाएको थियो । एक्स्पोमा प्राप्त बुकिङपछि सांग्रिला मोटर्सले ग्राहकलाई छिटो डेलिभरी उपलब्ध गराउने तथा नेपालभर बिक्री र सेवा सञ्जाल विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

सांग्रिला मोटर्सले एक्स्पोमा सहभागी ग्राहक तथा अवलोकनकर्तालाई धन्यवाद दिँदै लिपमोटरप्रति देखाएको विश्वास र उत्साहका लागि आभार व्यक्त गरेको छ ।

लिपमोटर विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिससँग सहकार्य गर्दै सञ्चालनमा रहेको चीनको नयाँ ऊर्जा सवारीसाधन (NEV) ब्रान्ड भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ ।

जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी सवारीसाधन बिक्री भएको कम्पनीको दाबी छ । हाल लिपमोटरको बिक्री तथा सेवा सञ्जाल विश्वका ४० भन्दा बढी देशमा फैलिएको र १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार