Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेपाल आइपुग्यो Sierra.ev: भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शो मा भव्य सार्वजनिक हुँदै !

नेपाल आइपुग्यो Sierra.ev: भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शो मा भव्य सार्वजनिक हुँदै !

अर्थ प्लस
नेपाल आइपुग्यो Sierra.ev: भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शो मा भव्य सार्वजनिक हुँदै !

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित Sierra.ev को नेपालमा आधिकारिक आगमन भएको छ।

लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १० देखि १५ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो (NADA Auto Show 2026) मा आधिकारिक रूपमा सार्वजनिक (Launch) गरिँदैछ।

आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको Sierra.ev नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क इभी मोडल हो। भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मापदण्ड कायम गरेको यस गाडीले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।

नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको Sierra.ev ले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्नेछ। दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका साथ आउँदै गरेको Sierra.ev ले नेपालको इभी क्षेत्रमा नयाँ व्यावसायिक क्रान्ति ल्याउने निश्चित छ।

अटोमोबाइल क्षेत्रको यस महत्त्वपूर्ण माइलस्टोनको साक्षी बन्न तथा Sierra.ev लाई नजिकबाट नियाल्न नाडा अटो शो मा यसको स्टल अवलोकनका लागि काउन्टडाउन सुरु भइसकेको छ।

सम्बन्धित समाचार