Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि 'रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि 'रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

अर्थ प्लस
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि 'रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्¥याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ का लागि “रिडिफाइन योर एभ्रिडे” नामक 'टिभिसि फिल्म सार्वजनिक गरेको छ ।

यसले “रिडिफाइन योर एभ्रिडे” को अवधारणालाई स्थापित गर्नका लागि टिभिसि फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरेको छ । आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका एक युवा उद्यमीदेखि सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस्योजनाबिना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारसम्मका यी कथाहरूले आधुनिक सहरी जीनवका विविध वास्तविकता तथा आयामहरूलाई उजागर गर्दछन्।

केवल प्रविधिलाई मात्र कथाको केन्द्रमा राख्नुको सट्टा, यस अभियानले इ.मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले कसरी यी दैनिक अनुभवहरूलाई पुनःपरिभाषित गर्छन्भन्ने कुरा प्रस्तुत गर्दछ । कहिलेकाहीँ दैनिक जीवनलाई नयाँ रूप दिनु वा अर्थपूर्ण बनाउनु भनेको, सधैँ ठूलो वा विशेष परिवर्तन ल्याउनु मात्र होइन, हामीले बाँचिरहेका पलहरूलाई अलिकति बढी सहज र सुन्दर बनाउनु हो भन्ने मूल मर्म कथाले बोकेको छ ।

प्रोटोन इ.मास ५ ले हालसालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिब हासिल गरेको थियो । प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध प्रोटोन इ.मास ५ मा रियर–ह्विल ड्राइभ, जि–ट्र्याक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडि टचस्क्रिन र भेहिकल–टु–लोड (भि–टु–एल) क्षमता जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन्।

चारै कथाहरूको अंश समेटिएको मुख्य टिभिसि फिल्म सार्वजनिक भएसँगै, आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरू मार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार