Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल हुँदै, उपाधिका लागि उत्कृष्ट पब्जी मोबाइल टोली भिड्ने

एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल हुँदै, उपाधिका लागि उत्कृष्ट पब्जी मोबाइल टोली भिड्ने

अर्थ प्लस
एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल हुँदै, उपाधिका लागि उत्कृष्ट पब्जी मोबाइल टोली भिड्ने

काठमाडौँ / युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोर्ट्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ।

दुईदिने प्रतियोगिता भाद्र ६ र ७ गते शनिबार र आइतबार दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आयोजना हुनेछ। प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्ने अवसरसमेत पाउने आयोजकको भनाइ छ।

एक्सट्रिम इनर्जी ड्रिंकले यसअघि पनि नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाउँदै आएको छ। पछिल्लो समय कम्पनीले क्रिकेटलगायत विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ।

पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल ई–स्पोर्ट्सप्रेमीका लागि मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा उपाधिका लागि टोलीहरूबीच हुने प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने टोलीको प्रदर्शनमा समेत दर्शकको चासो रहनेछ।

सम्बन्धित समाचार