Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

तनहुँको छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध

तनहुँको छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध

अर्थ प्लस
तनहुँको छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध भएको छ ।

आइतबार बेलुका करिब ७ः४५ बजे पहिरो खसेपछि राजमार्गको एक लेन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । सडकमा खसेको पहिरो पन्छाएर यातायात सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउने काम जारी रहेकाले उक्त सडकखण्डमा सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार