Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भोटेकोशी बाढीबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्दै

अर्थ प्लस
भोटेकोशी बाढीबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्दै

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक आज फेरि बस्ने भएको छ । मंगलबार (भदौ १६) दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो ।

बैठकमा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, त्यसपछि खोजी तथा उद्धार कार्य, राहत र पुनर्स्थापनाका विषयमा बैठकमा छलफल गरिने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते पनि रास्वपा सभापति रवि लामिछानेको आह्वानमा यही विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकबाट देशमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा संकल्प पारित गरिएको थियो ।

 

 

सम्बन्धित समाचार