Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

९० दिनका लागि १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

९० दिनका लागि १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ प्लस
९० दिनका लागि १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले ९० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् । बोलकबोल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार यस उपकरणको साँवा तथा ब्याज आगामी मंसिर १६ गते भुक्तानी गरिनेछ ।

सम्बन्धित समाचार