Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई सहयाेग

यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई सहयाेग

अर्थ प्लस
यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई सहयाेग

काठमाडौँ / यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढी प्रभावितलाई मानवीय सहयोग गरेको छ। गत भदौ १० गते रसुवा जिल्लामा आएको बाढीबाट दर्जनौँ पुलमा क्षति पुग्नुका साथै हजारौँ घर डुबानमा परेका थिए।

बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले ब्लू स्ट्रीक्सका राइडरहरूले आफ्ना सदस्यबाट सहयोग रकम संकलन गरेका थिए।

कम्युनिटीले सदस्यहरूबाट नगद तथा अनलाइनमार्फत गरी ९३ हजार रुपैयाँ संकलन गरेको जनाएको छ। सहयोग संकलनको सम्पूर्ण प्रक्रियामा पारदर्शिता कायम राख्दै दाताहरूको सूचीसमेत सार्वजनिक गरिएको थियो।

संकलित रकमबाट चामल, दाल, मिनरल वाटर तथा स्यानिटरी प्याडलगायत आवश्यक सामग्री खरिद गरी सहयाेग सामग्री तयार गरिएको थियो। भारी वर्षाका बीच पनि समूहका सदस्यहरूले राहत सामग्री तयार गर्नुका साथै थप सामग्री बोकेको एउटा गाडीको सहयोगमा मोटरसाइकलको समूह बनाएर राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याएका थिए।

यस पहलका बारेमा MAW राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ब्लू स्ट्रीक्सका राइडरहरू राइडिङसँगै समाजलाई सहयोग गर्न पनि एकजुट हुने बताए।

उनले नेपालभर भइरहेका CSR गतिविधि तथा कठिन परिस्थितिमा गरिने सहयोगमा ‘राइड टू प्राइड’ मूल मन्त्र रहँदै आएको उल्लेख गर्दै ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहने बताए।

राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो। ब्लू स्ट्रीक्सका सदस्यहरूले त्यहाँ बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकासँग प्रत्यक्ष भेट गरी आवश्यक सामग्री उपलब्ध गराएका थिए।

कम्युनिटीले कठिन परिस्थितिमा राहत सामग्रीसँगै प्रभावित परिवारलाई हौसला र साथसमेत प्रदान गरिएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहँदा ब्लू स्ट्रीक्सको यो पहलले साझा रुचि र समुदायप्रतिको उत्तरदायित्वलाई सहयोगमा रूपान्तरण गर्न सकिने उदाहरण प्रस्तुत गरेको जनाएको छ।

सम्बन्धित समाचार