Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

क्लासिक टेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

क्लासिक टेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

अर्थ प्लस
क्लासिक टेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

काठमाडौँ / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। 

कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो।

कम्पनीका अनुसार नयाँ ग्राहकले मासिक ५५३ रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन्। यससँगै ग्राहकले पुरानै मूल्यमा थप २५ एमबीपीएस स्पिड प्राप्त गर्नेछन्।

यसका साथै ग्राहकले वाईफाई सिक्स राउटरको सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ। क्लासिक टेकले सन् २०२१ देखि आफ्ना ग्राहकलाई वाईफाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ।

उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाईफाई प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ अफर ल्याइएको कम्पनीको भनाइ छ।

सम्बन्धित समाचार