Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्सको दोस्रो जित, मधेश वारियर्स लगातार तेस्रो खेलमा पराजित

एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्सको दोस्रो जित, मधेश वारियर्स लगातार तेस्रो खेलमा पराजित

अर्थ प्लस
एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्सको दोस्रो जित, मधेश वारियर्स लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ / अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए। उनी लगातार दोस्रो खेलमा ‘म्यान अफ द म्याच’ बनेका हुन्। यसअघि काठमाडौं रेड्सविरुद्धको खेलमा पनि उनी ‘म्यान अफ द म्याच’ भएका थिए।

तीन खेल खेलेको अन्नपूर्णको यो दोस्रो जित हो। अन्नपूर्णले आफ्नो दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। पहिलो खेलमा भने अन्नपूर्ण कर्णाली शिवराजसँग ३-१ ले पराजित भएको थियो।

मधेश वारियर्स भने हालसम्म जितविहीन छ। तीन खेल खेलेको मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३-१ तथा काठमाडौं रेड्ससँग ३-२ ले पराजित भएको थियो।

सोमबार नै दोस्रो खेलमा अपराजित दुई टोली कर्णाली र सगरमाथा स्म्यासर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीको यो तेस्रो खेल हो।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित तथा एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। आयोजकका अनुसार यो नेपाली भलिबलको इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

कनेक्टेड बाइ एनसेल रहेको प्रतियोगितामा यती कार्पेट फ्लोरिङ पार्टनर, वल्र्डलिंक इन्टरनेट पार्टनर, डिएभी स्कुल एडुकेसन पार्टनर, हिमालय लाइफ इन्सुरेन्स इन्सुरेन्स पार्टनर, नेपाल टुरिजम बोर्ड टुरिजम पार्टनर, रझान्स आयल हेल्थ पार्टनर तथा एक्स–ऐज डिजिटल पार्टनर रहेका छन्।

पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमै पहिलोपटक आयोजना गरिएको हो। प्रतियोगिताको फाइनल भदौ २७ गते हुनेछ।

सम्बन्धित समाचार