Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब, कुन प्रदेशमा कति ?

बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब, कुन प्रदेशमा कति ?

अर्थ प्लस
बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब, कुन प्रदेशमा कति ?

काठमाडौँ, जेठ  ९ । चालू आर्थिक वर्ष २०८०/ ०८१ मा प्रदेशगत रुपमा सबैधन्दा धेरै आर्थिक वृद्धिदर बागमतीमा हुने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार प्रदेशगत लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । चालू आवमा बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब बढी पुग्ने अनुमान गरिएको छ।

उक्त रिपोर्ट अनुसार यो वर्ष बागमती प्रदेशले सबैभन्दा धेरै ३६.४ प्रतिशत र सबैभन्दा कम  कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान  छ । 

सार्वजनिक तथ्यांक अनुसार कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूर पश्चिम प्रदेशले ७.१ प्रतिशत  योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ। 

चालू आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशको १५.८ प्रतिशत योगदान रहने छ।

चालू वर्षमा प्रदेशअनुसार सुदूरपश्‍चिम प्रदेशको ४ खर्ब ४ अर्ब, कर्णाली प्रदेशको २ खर्ब ४३ अर्ब, लुम्बिनी प्रदेशको ८ खर्ब १४ अर्ब रुपैयाँ अर्थतन्त्रको आकार पुग्ने अनुमान छ।

त्यसैगरी, गण्डकी प्रदेशको ५ खर्ब १६ अर्ब, बागमती प्रदेशको २० खर्ब ७४ अर्ब, मधेश प्रदेशको ७ खर्ब ४८ र कोशी प्रदेशको ९ खर्ब ३ अर्ब पुग्ने अनुमान छ।


चालू आवको प्रारम्भिक अनुमानबमोजिम गण्डकी प्रदेशमा उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत  हुने छ । लुम्बिनी प्रदेशको पनि आर्थिक वृद्धिदर ४.०५ प्रतिशत पुग्ने अनुमान छ।कर्णाली प्रदेशको ३.३९ प्रतिशत मात्रै वृद्धिदर कायम हुने अनुमान छ।

त्यस्तै, कोशी प्रदेशको ३.५१, मधेश प्रदेशको ३.७८, बागमतीको ३.९६ सुदूरपश्‍चिम प्रदेशको ३.४१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।

 

सम्बन्धित समाचार