Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन

अर्थ प्लस
सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन

काठमाडौँ, जेठ १० । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय सवारीको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौँको थापाथलीमा नयाँ शोरुम संञ्चालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन सांसद विनोद चौधरीले गरेका हुन् । कम्पनीले उक्त शोरुम भाडामा लिई सञ्चालन गरेको हो ।

शोरुम उद्घाटन कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ शोरुम उद्घाटन गर्ने पाउँदा निकै खुसी लागेको बताए । उनले सिजि विश्वभर कै तेस्रो ठुलो कम्पनीहरुको उनको दाबी छ ।

कम्पनीले देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्द गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्द गराउने उल्लेख गरेको छ ।

 

सम्बन्धित समाचार