Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

कामना सेवा विकास बैंकको खुद नाफा करिब १७ प्रतिशतले बढ्यो, घट्याे खराब कर्जा

कामना सेवा विकास बैंकको खुद नाफा करिब १७ प्रतिशतले बढ्यो, घट्याे खराब कर्जा

अर्थ प्लस
कामना सेवा विकास बैंकको खुद नाफा करिब १७ प्रतिशतले बढ्यो, घट्याे खराब कर्जा

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (२०८३ असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा, निक्षेप तथा कर्जा विस्तार र निष्कृय कर्जा व्यवस्थापनमा सुधार देखिएको छ।

समीक्षा अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १९ करोड ७५ लाख ८४ हजार रुपैयाँकाे तुलनामा १६.९९ प्रतिशतले बढी हो।

बैंकको सञ्चालन मुनाफा पनि १९.०२ प्रतिशतले बढेर ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ। 

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी ३०.५८ प्रतिशतले बढेर ११ करोड २ लाख ३६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ रहेको छ।

असार २०८३ को तुलनामा बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ। असोज मसान्तसम्म बैंकको कुल ग्राहक निक्षेप २.६१ प्रतिशतले बढेर ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, ग्राहक कर्जा तथा सापट ३.९५ प्रतिशतले बढेर ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

बैंकले खराब कर्जा व्यवस्थापनमा उल्लेखनीय सुधार गरेको छ। गत वर्षको असोजमा ४.४१ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात घटेर यस वर्ष ३.९३ प्रतिशत मा झरेको छ। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड ११ लाख ९३ हजार रुपैयाँ र जगेडा तथा कोषमा २ अर्ब ३८ करोड ८३ लाख ६९ हजार रुपैयाँ कायम रहेको छ।

विवरण

असाेज, २०८३

(रु. हजारमा)

असार, २०८३

(रु. हजारमा)

फरक (%)

चुक्ता पुँजी

४,२११,९३०

४,२११,९३०

-

रिटेन्ड अर्निङ

१६०,०४२

६१२,६८३

-

रिजर्भ

२,२२८,३२७

२,१५६,६०८

-

रिजर्भ एण्ड सर्प्लस

२,३८८,३६९

२,७६९,२९१

-१३.७६

निक्षेप सङ्कलन

६७,९०४,७०९

६६,१७७,५२४

२.६१

कर्जा प्रवाह 

५६,३४५,३३३

५४,२०३,८७१

३.९५

विवरण

असाेज, २०८३

(रु. हजारमा)

असाेज, २०८२

(रु. हजारमा)

फरक (%)

खुद मुनाफा

१५२,१६७

१३५,२२१

१२.५३

वितरणयोग्य मुनाफा

१५२,१६७

१३५,२२१

१२.५३

खुद ब्याज आम्दानी  

६२६,४८७

६१७,६३६

१.४३

खुद शुल्क तथा कमिसन आम्दानी

११०,२३६

८४,४२१

३०.५८

कुल सञ्चालन आम्दानी   

७४५,८८४

७५४,४३५

-१.१३

इम्पेयरमेन्ट चार्ज

४९,४१७

११०,६९३

-

सञ्चालन मुनाफा

३३८,७७०

२८४,६२८

१९.०२

प्रतिशेयर आम्दानी (रु.)

२३.१३

२०.४६

२.६७

वितरणयोग्य प्रतिशेयर आम्दानी (रु.)

१५.७६

१४.०१

१.७५

पि.ई. रेसियो   

२०.५८

२०.१८

-

प्रतिशेयर नेटवर्थ  (रु.)

१६१.८४

१५२.३१

९.५३

पुँजी कोष अनुपात

१२.९७

१२.२६

-

खराब कर्जा

३.९३

४.४१

-0.48

कर्जा निक्षेप अनुपात

८६.८९

८६.३५

-

आधार दर

५.३६

६.५५

-१.१९

स्प्रेड दर

३.९५

४.३२

-०.३७

सम्बन्धित समाचार