काठमाडौँ, जेठ १२ । लुयान प्रि मनसुन अफर शुरु भएको छ । शुक्रबारदेखि सुरु भएको सो अफर जेठ मसान्तसम्म सञ्चालन रहने जनाइएको छ ।
लुयानको नेपालका लागि आधिकारीक विक्रेता जिरो इमिसन राइड (एन)ले एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर ल्याएको जनाएको छ । अफर अन्तर्गत लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्दा ३० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सकिने छ । एउटा प्रिमियम हेलमेट, एउटा रेनकोट तथा एउटा बाइक कभर समेत पाउन सकिने कम्पनीले जनाएको छ ।
यसका साथै सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत पाइने छ । यसैगरी अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । फाइनान्सको सुविधा समेत पाउन सकिनेछ ।
स्किम मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।
लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।
यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।
लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त फिचर, कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुन्छ ।
विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेका छ ।
राजधानीका ३ वटै जिल्लाहरु र राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा कम्पनीको डिलरहरु रहेको छ ।
