Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

अर्थतन्त्र लयमा आउँदैछ, चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री पुन

अर्थतन्त्र लयमा आउँदैछ, चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री पुन

अर्थ प्लस
अर्थतन्त्र लयमा आउँदैछ, चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री पुन

काठमाडौं, जेठ १३ । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र लयमा आइरहेको बताएका छन् । प्रतिनिधि सभामा आइतबार आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थतन्त्र पुनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मुलकको अर्थतन्त्र विस्तारै लयमा आइरहेको छ । चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरीएको छ । राजस्व समेत वृद्धि भइहहेको छ । संघीय खर्च समेत वृद्धि भएको छ ।’

सरकारले चालु आर्थिक वर्षमा मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको जनाएको छ । पुनले कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशतले बढेको जनाए ।

यस्तै प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको जनाएका छन् । मुलुकको मुद्रास्फीति ६।०८ प्रतिशत कायम भएको उनले जनाए ।

उर्जा क्षेत्रमा देश आत्मनिर्भर भइरहेको अर्थमन्त्री पुनले बताए ।

सम्बन्धित समाचार