Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

अर्थ प्लस
जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाडौं, जेठ १४ । नेपालको लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गतेसम्म चल्ने बताइएको छ ।

‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, राइड मोड र ग्लाइड थ्रु ट्राफिक जस्ता नयाँ प्रविधिबाट सुसज्जित टिभीएस मोटरसाइकल मोडलहरूमा आकर्षक लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन क्षमता सुनिश्चित गर्ने पनि बताइएको छ ।

सीमित अवधिका लागि घोषणा गरिएको अभियानमा ग्राहकहरूले टिभीएसका बाइक तथा स्कुटरको खरिदमा ६ हजार रुपैयाँसम्मको क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा ६ हजार रुपैयाँसम्मको थप मूल्यांकनसहित जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३ हजार ९९९ रुपैयाँ प्रति महिनाको ईएमआई पनि उपलब्ध गराएको छ ।

साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्ने छन् ।

 

सम्बन्धित समाचार