Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको ठहर, किन समय लम्ब्याएको थियो पूर्वअध्यक्ष रमेश हमालले ?

धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको ठहर, किन समय लम्ब्याएको थियो पूर्वअध्यक्ष रमेश हमालले ?

अर्थ प्लस
धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको ठहर, किन समय लम्ब्याएको थियो पूर्वअध्यक्ष रमेश हमालले ?

काठमाडौं, जेठ १४ । नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको प्रष्ट्रयाएको हो ।

सूचीकृत कम्पनी तथा मातहतका निकायहरुलाई वित्तीय सुशासनका लागि जिम्मेवार बनाउने बोर्डले नै समयमा लेखापरिण नगराएको बिषय आफैमा लज्जाबोध रहेको छ।

बोर्डका पूर्व अध्यक्ष रमेशकुमार हमालले आफनो कार्यकालमा केही कैफियत देखिने डरको कारण लेखा परीक्षण गराउन अस्वीकार गरेको बोर्डका केही पदाधिकारीहरुको दाबी रहेको छ ।

बोर्डका पूर्व अध्यक्ष हमालको कार्यकालमा प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने दिने जस्ता मुनाफा नभएका कम्पनीहरुको झुटो विवरण पेश गर्न लगाएर आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने काम भएको कारण समयमा लेखापरिक्षक नभएको बोर्डका उच्च पदाधिकारीहरु बताँउछन् ।

सम्बन्धित समाचार