Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

२३.८७ अर्बको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल हुँदै

२३.८७ अर्बको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल हुँदै

अर्थ प्लस
२३.८७ अर्बको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल हुँदै

काठमाडौँ, जेठ २१ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको लागि ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण  र १ वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने सूचनामा उल्लेख छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

ट्रेजरी बिल जेठ २१ गते अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।

के हो ट्रेजरी बिल  ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नुपर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ ।

डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । बोलकबोलको माध्यम अनलाइन बिलिङ प्रणाली पनि हुन सक्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउन्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । ट्रेजरी बिललाई जोखिमरहित लगानी पनि भनिन्छ । यो विशेष गरेर सरकारले केन्द्रीय बैंकमार्फत जारी गर्ने भएकाले कुनै जोखिम हुँदैन ।

 

सम्बन्धित समाचार