Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बिक्री हुन छोडेपछि एक लाख रुपैयाँ घट्यो लेभनिङ स्कुटरको मूल्य, पुराना ग्राहक ठगिए

बिक्री हुन छोडेपछि एक लाख रुपैयाँ घट्यो लेभनिङ स्कुटरको मूल्य, पुराना ग्राहक ठगिए

अर्थ प्लस
बिक्री हुन छोडेपछि एक लाख रुपैयाँ घट्यो लेभनिङ स्कुटरको मूल्य, पुराना ग्राहक ठगिए

काठमाडौँ, जेठ २८ । बिक्री हुन छोडेपछि दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले छुट योजना ल्याएको छ । लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता नेपाल मोटर्सले नगद छुटको स्कीम सार्वजनिक गरेको हो ।

पछिल्लो समय कम्पनीको इलेक्ट्रीक स्कुटर खरिद गर्नेहरुको संख्या ह्वात्तै घटेको छ । कम्पनीले आयात गरेका कयौ स्कुटर बिक्री नभएपछि कम्पनीले छुट योजना ल्याएर बिक्री गर्ने रणनीति लिएको हो । जसले गर्दा पुराना ग्राहक ठगिएका छन् । महन्गो शुल्क हालेर उक्त स्कुटर खरिद गरेको ग्राहक मर्कामा परेका हुन् ।

लेभनिङ इलेक्ट्रीक स्कुटर किन्ने ग्राहकले ‘स्पेशल स्क्रयाच’ मार्फत १ लाख रुपैयाँसम्मको छुट पाउने भएका हुन् । यसका साथै ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् ।

देशभर रहेको डिलर नेटवर्कमा उक्त अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

सम्बन्धित समाचार