Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बन्दीपुर केवलकार आजदेखि व्यवसायिक रुपमा सञ्चालन, सीमित अवधिका लागि विशेष छुट

बन्दीपुर केवलकार आजदेखि व्यवसायिक रुपमा सञ्चालन, सीमित अवधिका लागि विशेष छुट

अर्थ प्लस
बन्दीपुर केवलकार आजदेखि व्यवसायिक रुपमा सञ्चालन, सीमित अवधिका लागि विशेष छुट

बिहीबार, जेठ ३१, २०८१

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

व्यवसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । करिब १ वर्ष अघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिएपछि अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त भएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए । “वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केवलकार सञ्चालनका लागि खुल्ला गरिएको हो”, उनले भने आजदेखि व्यावसायिक रुपमा सञ्चालन गर्न लागेका हौँ ।”

केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । भुईँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्न पर्छ भन्ने मान्यता बन्दीपुर केबलकार मार्फत पूरा हुने भएको छ।

“केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छौँ”, अध्यक्ष शर्माले भने। बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिनेछ ।

यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधा सहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गते देखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो ।

त्यस्तै बटम स्टेसनमा जङ्गली म्युजियम, चिल्डरेन जोन, ३३कोटी देवीदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरिएको २ सय ९३ मिटर अग्लो बन्जी जम्प लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।

बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबलकारको ३१ गोण्डलामध्ये २१ वटा गोण्डलाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । 

केवलकार सञ्चालनमा आएको अवसरमा कम्पनीले सीमित अवधिका लागि ६० प्रतिशतसम्म छुट अफरसमेत ल्याएको छ । 

सम्बन्धित समाचार