Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
अटो

टाटा पन्च ईभी सार्वजनिक: मूल्य ११ देखि १४ लाख भारु, रेन्ज ४२१ किमिसम्म

टाटा पन्च ईभी सार्वजनिक: मूल्य ११ देखि १४ लाख भारु, रेन्ज ४२१ किमिसम्म

टाटा पन्च ईभी सार्वजनिक: मूल्य ११ देखि १४ लाख भारु, रेन्ज ४२१ किमिसम्म

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पन्च ईभी सार्वजनिक गरेको छ। कम्पनीले बुधबार भारतीय बजारमा पन्च ईभी सार्वजनिक गरेको हो।

यस अघि इन्धन भर्सनमा आएर चर्चा कमाएको पन्च अब इभि सेग्मेन्टमा उत्पादन भएको हो । नेपाली बजारमा समेत आउने तयारीमा रहेको टाटा इभि पन्चमा दुई ब्याट्री २५ किलोवाट आवर र ३५ किलोवाट आवरमा पन्च ईभी उपलब्ध छ । 

जसमा २५ किलोवाट आवर ब्याट्री भएको पन्च ईभीमा ६० किलोवाट पावर र १ सय १४ एनएम टर्क र ३५ किलोवाट आवर ब्याट्रीयुक्त पन्चले ९० किलोवाट पवार र १ सय ९० एनएम टर्क जेनेरेट गर्छ।

२५ किलोवाट आवर ब्याट्री भर्सनले ३ सय १५ किमि र ३५ किलोवाट आवर ब्याटी रहको पन्चले ४ सय २१ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ । पन्च ईभीको अधिकतम गति १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ ।

टाटाका यस अघि सार्वजनिक भएका ईभीमा चार्जिङ प्वाइन्ट साइडमा थिए भने पन्च ईभीमा चार्जिङ प्वाइन्ट गाडीको नोजमा रहेको छ। 

पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । एक्टिभ नयाँ प्लेटफर्ममा आधारीत भएर बनेको यो गाडीमा पन्च ईभीमा वायरलेस फोन चार्जर र ३६० डिग्री क्यामेरा दिइएको छ ।

पन्च सहित टाटाको यो चौथो ईभी हो। यसअघि टाटाको नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी नेपालमा बिक्री भइरहेका छन । भारतिय बजारमा पन्च ईभीको मूल्य १० लाख ९९ हजारदेखि १४ लाख ४९ हजार भारुको बीचमा तय गरिएको छ।

 

यस्तै टाटाको ह्यारियर, कर्भ र सफारीसमेत विद्युतीय भर्सनमा आउने निश्चित भइसकेको छ। नेपाली बजारमापनि दुई महिना भित्र यो गाडी आउने सिप्रदीले जनाएको छ । 

सम्बन्धित समाचार