Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त हुन सक्छः आरजु राणा

बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त हुन सक्छः आरजु राणा

अर्थ प्लस
बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त हुन सक्छः आरजु राणा

काठमाडौँ, असार २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले ल्याएको बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त पार्नसक्ने बताएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

सरकारले केहि व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको आरोप उनको छ । कर व्यवस्था तटस्थ र न्याय सम्मत हुनुपर्ने उल्लेख गर्दै सांसद राणाले बजेटलाई हेर्दा केही व्यापारिक घरानालाई कर छल्न सजिलो हुने नीतिहरू व्यवस्था गरिएको पाइएको जिकिर गरिन् ।

उनले आयकर ऐनको धारा ५७ (१) को प्रस्तावित प्रावधान आवश्यक नभएको भन्दै आपत्ति जनाइन् ।

सम्बन्धित समाचार