Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्रभु बैंकका ग्राहकले शुक्रा हाउस डाईग्नोस्टिकमा छुट पाउने

प्रभु बैंकका ग्राहकले शुक्रा हाउस डाईग्नोस्टिकमा छुट पाउने

अर्थ प्लस
प्रभु बैंकका ग्राहकले शुक्रा हाउस डाईग्नोस्टिकमा छुट पाउने

काठमाडौं, असार ५ । प्रभु बैंकका ग्राहकले पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरमा छुट पाउने भएका छन् । सेन्टर र प्रभु बैंकबीच बुधबार भएको सझौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतामा सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले सेन्टरमा उपचार सेवा लिँदा इन-हाउस रुटिन टेस्टमा २५% छुट इन-हाउस स्पेशलाइजेशनमा २०% छुट पाउने छन् । यसैगरी, आउटसोर्समा १०% छुट र एक्स-रे, USG, ECG, ECHO मा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा भिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

 

सम्बन्धित समाचार