Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अर्थ प्लस
तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं, असार ६ । बैंकिङ्ग प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न आज असार ६ गते नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

राष्ट्र बैंकले बजारमा भएको तरलता व्यवस्थापन गर्न समय समयमा निक्षेप संकलन उपकरण जारी गर्दै आइरहेको छ । अहिले राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन जारी गर्न लागेको हो । यसमा दिउँसो ३ बजे देखि अनलाईन बिडिङ्ग सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) ले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा साँवा ब्याज भुक्तानी आउदो असार २० गते हुनेछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

 

 

सम्बन्धित समाचार