Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी–नाइन बिजनेसका सेवामा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी–नाइन बिजनेसका सेवामा विशेष छुट

अर्थ प्लस
कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी–नाइन बिजनेसका सेवामा विशेष छुट

काठमाडौं, असार ६ । कुमारी बैंक लिमिटेड र एनडी थर्टी–नाइन बिजनेस ग्रुपबीच छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई एनडी थर्टी–नाइन बिजनेसबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गरिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले एनडी थर्टी–नाइन बिजनेसका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार